जनउत्थानको साधारण सभामा लाभांश, हकप्रद र मर्जर मुख्य एजेण्डा

0
Shares

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (JSLBB) ले लाभांश, हकप्रद र मर्जर मुख्य एजेण्डा राखेर चैत २७ गते बिहीबार नवौँ वार्षिक साधारण सभा बोलाएको छ।

लघुवित्त सञ्चालक समितिको चैत ४ गते सम्पन्न १४९ औं बैठकले न्यू ईरा, बुटवल, कालिकापथ, रुपन्देहीमा बिहान ११ बजे सभा आह्वान गरेको हो।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजी ६ करोड ३३ लाख ६० हजार रुपैयाँको २५ प्रतिशत बोनस (१ करोड ५८ लाख ४० हजार रुपैयाँ) र कर प्रयोजनका लागि १.३२ प्रतिशत (८ लाख ३३ हजार ६८४ रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

यसैगरि बोनस वितरणपश्चात कायम चुक्ता पूँजीको २०० प्रतिशत अर्थात १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने, तथा मर्जर तथा प्राप्ती सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी दिने प्रस्ताव पनि साधारण सभाको मुख्य प्रस्तावमा रहेको छ।

लघुवित्तले चैत १४ गते शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ। बुकक्लोजको अघिल्लो दिन (चैत १३ गते) सम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीहरुले मात्र लाभांश पाउनेछन्।

प्रकाशित मिति: ५ चैत २०७६, बुधबार  १० : ३७ बजे