सुनको मूल्य १ हजार ५०० रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट

0
Shares

पछिल्लो समय घट्दो क्रममा रहेको सुनको भाउ चैत ६ गते बिहीबार प्रतितोला १ हजार ५०० रुपैयाँले सस्तिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७४ हजार २७०० तथा चाँदीको प्रतितोला ६८० रुपैयाँ निर्धारण गरिएको छ।

गत फागुन २८ गतेदेखि निरन्तर घट्ने क्रममा रहेको सुनको भाउ बुधबार भने प्रतितोला १ हजार रुपैयाँले बढेको थियो।

बुधबारका लागि छापावाला सुन प्रतितोला ७६ हजार ५०० रुपैयाँ, तेजावी सुन ७६ हजार २०० तथा चाँदीको ७१० रुपैयाँमा कारोबार भएको थियो।
बुधबारको तुलनामा चाँदीको भाउ पनि बिहीबार प्रतितोला ३० रुपैयाँले घटेको हो।

नेपाली बजारमा गत फागुन २७ गते मंगलबार हालसम्मकै उच्च प्रतितोला ८२ हजार ७०० सम्म पुगेको थियो। त्यसयता भने सुनको भाउ क्रमश घटिरहेको छ ।

अन्तराष्ट्रिय बजारमा भइरहेको घटबढ अनुसार नेपाली बजारमा सुनचाँदीको भाउ निर्धारण हुँदै आइरहेको छ।

प्रकाशित मिति: ६ चैत २०७६, बिहीबार  ११ : ०२ बजे