राष्ट्र बैंकले विद्युतीय कारोबारको सीमा बढायो, मोवाईलबाट दैनिक एक लाख

0
Shares

नेपाल राष्ट्र बैंकले मोवाइल तथा इन्टरनेट मार्फत गरिने कारोबारको सीमा खुकुलो गरेको छ । केन्द्रीय बैंकले आइतबार निर्देशन जारी गर्दै मोवाईल बैंकिङ मार्फत दैनिक एक लाख रुपैयाँ र मासिक १० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने ब्यवस्था गरेको हो ।

विद्युतीय भुक्तानीको सीमा बढाउन राष्ट्र बैंक तयार

यसभन्दा अघि ग्राहकले मोवाइल बैंकिङ मार्फत दैनिक ५० हजार र मासिक एक लाख रुपैयाँको मात्र भुक्तानी गर्न सक्ने व्यवस्था थियो । त्यसैगरी इन्टरनेट बैंकिङ मार्फत ग्राहकले दैनिक १० लाख र मासिक ३० लाख कारोबार गर्न सक्ने व्यवस्था गरेको छ । त्यसैगरी इन्टरनेट बैंकिङ एकाउन्ट ट्रान्सफरमा प्रति दिन १० लाख तथा ५० लाख रुपैयाँ सम्मको कारोबार गर्न पाइने व्यवस्था छ ।

त्यसैगरी केन्द्रीय बैंकले वालेट माध्यवाट गरिने फण्ड ट्रान्सफर पनि एजेन्ट वा सव एजेन्टवाट बालेटमा प्रति दिन २५ हजार रुपैयाँ र प्रति महिनामा एक लाख रुपैयाँसम्म राख्न सकिनेछ । त्यसैगरी बैंक खातावाट बालेटमा ट्रान्सफर गर्दा प्रति कारोबार एक लाख, प्रति दिन एक लाख र प्रति महिना ५ लाख रुपैयाँ सम्मको व्यवस्था छ ।

त्यसैगरी केन्द्रीय बैंकले बालेटवाट अन्य बैंक खातामा प्रति कारोबार २५ हजार, प्रति दिन एक लाख र प्रति महिना ५ लाख रुपैयाँ राख्न सकिने व्यवस्था गरेको छ । यसभन्दा अघि यस्तो व्यवस्था प्रति दिन २५ हजार र प्रति महिना ५० हजार रुपैयाँ मात्र राख्न सकिने व्यवस्था थियो ।

त्यसैगरी एक वालेटवाट अर्को वालेटमा प्रति कारोबार २५ हजार प्रति दिन एक लाख र प्रति महिनामा ५ लाख रुपैयाँ ट्रान्सफर गर्न सकिने व्यवस्था गरेको हो । यसभन्दा अघि यस्तो व्यवस्था प्रति कारोबार २५ हजार, मासिक ५० हजार रुपैयाँ ट्रान्सफर गर्न सकिने व्यवस्था थियो ।

बैंक वित्तीय संस्थाका छाता संगठन नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, वित्ती कम्पनी संघले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै नगद भन्दा पनि विद्युतीय कारोबारलाई जोड दिन अनुरोध गरेका थिए ।

त्यसैगरी यी संस्थाहरुले जुनसुकै एटिएम मार्फत कारोबार गर्दा सेवा शुल्क नलाग्ने, विद्युतीय माध्यमवाट गरीने वित्तीय कारोबारलाइ निशुल्क बनाउनुका साथै नेपाल क्लियरीङ हाउस मार्फत सञ्चालन भएको कनेक्ट आइपीएस सेवामा समेत कुनै शुल्क नलाग्ने व्यवस्था गरिसकेका छन ।