कोरोनाबाट बेलायती स्वास्थ्यमन्त्री नै संक्रमित, आफ्नै घरमा आइसोलेसनमा

0
Shares

विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट बेलायती स्वास्थ्यमन्त्री नदिन डोरिज पनि संक्रमित भएकी छिन्।

डोरिजले ट्वीटमा आफू सबैभन्दा खराब अवस्थामा रहेको र आफुसँग बस्ने ८४ वर्षिय आमाले खोक्न सुरु गरेकाले त्यसबाट आफू चिन्तित बनेको उल्लेख गरेकी छिन्।

कोरोना भाइरसको परिक्षणमा पोजेटिभ पाइएपछि कन्जरभेटिभ पार्टीकी सासंद समेत रहेकी ६२ वर्षिया डोरिज शुक्रबारदेखि आफ्नै घरमा आइसोलेसनमा बसिरहेकी छिन्। उनी यस संक्रमणबाट ग्रसित हुने पहिलो सासंद समेत हुन्।

डोरिजमा संक्रमण पुष्टिपछि पब्लिक हेथ इङ्ल्याण्डले डोरिजको सम्पर्कमा आएका मानिसहरूको लगत निकाल्न थालेको छ। स्वास्थ्य सचिव म्याट हानकक सहित डोरिजको सम्पर्कमा आएका सबै सरकारी अधिकारीहरूको कोरोनाभाइरस परीक्षण गरिने बताइएको छ।

उनले वेस्ट मिनिस्टर र आफ्नो निर्वाचन क्षेत्रमा भेटघाट गरेकी थिइन्। प्रधानमन्त्री बोरिस जोन्सनले डाउनिङ् स्ट्रिटमा आयोजना गरेको कार्यक्रममा पनि उनी सहभागी बनेकी बिबिसीले जनाएको छ।

कोरोनाभाइरसको संक्रमणबाट बेलायतमा हालसम्म ३८२ जनामा संक्रमित भैसेका छन् भने ६ जनाको मृत्यु समेत भइसकेको छ। यससँगै बेलायतले कोरोनाभाइरस संक्रमणको परीक्षण बढाएर प्रतिदिन १० हजार पुरयाएको छ।

यसअघि १ हजार ५०० लाई स्वास्थ्य परिक्षण हुँदै आएको थियो। बेलायतले हालसम्म २५ हजार वटा कोरोनाभाइरस संक्रमणको परीक्षण गरिसकेको जनाएको छ।

प्रकाशित मिति: १० चैत २०७६, सोमबार  १३ : ३८ बजे