सिटिजन्स बैंकद्वारा पाँचौ विशेष साधारण सभा स्थगित

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CZBIL) ले डाकेको पाँचौ विशेष साधारण सभा स्थगित गरेको छ। बैंकले चैत १० गते आज अमृतभोग, कालिकास्थान, डिल्लीबजार काठमाण्डौमा साधारण सभा बोलाएको थियो।

विश्वभरि फैलिएको कोरोना भाइरसको जोखिम र नेपाल सरकारबाट जारी निर्देशन र सूचना अनुसार सार्वजनिक भेला बैठक समारोह गर्न बन्देज लगाईएकोले सो निर्देशन र सूचनाको परिपालना गर्दै यस बैंकको संचालक समितिको चैत ८ गते शनिवार सम्पन्न ३३० औं बैठकको निर्णय अनुसार अर्को सूचना नभएसम्मको लागि उक्त विशेष साधारण सभा हाललाई स्थगित गरिएको बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९४ वटा शाखा, ९४ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ ।