धितोपत्र बोर्डले कोरोना विरुद्ध लड्ने कोषमा ५० लाख योगदान गर्ने

0
Shares

नेपाल धितोपत्र बोर्डले कोरोना बिरुद्ध लड्न सरकारले स्थापना गरेको कोषमा ५० लाख रुपैयाँ योगदान गर्ने भएको छ।

धितोपत्र बोर्डका विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएको अवस्थामा त्यसको नियन्त्रणका लागि उक्त रकम योगदान गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए।

उक्त कोषमा सरकारले ५० करोड राखिसकेको छ भने मन्त्रीहरुले एक महिनाको तलब योगदान गर्ने घोषणा गरिसकेका छन्।

त्यसैगरी सरकारी, गैरसरकारी तथा निजी संस्थाहरु सर्वसाधारणलाइ समेत योगदान गर्न सरकारले आगह गरेको छ। सरकारको आग्रह अनुसार धितोपत्र बोर्डले पनि उक्त रकम कोषमा योगदान गर्ने भएको हो।

बोर्डले नेपाल स्टक एक्सचेन्ज(नेप्से), सिडिएसी तथा पूँजी बजार संग सम्बद्ध पक्षहरुलाइ पनि योगदानका लागि आग्रह गरेको छ । उक्त कोषमा इच्छुक व्यक्ति तथा सङ्घसंस्थाले राष्ट्रिय वाणिज्य बैंकमा खोलिएको खाता नम्बर १९६०००००११०१ मा जम्मा गर्न सक्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति: ११ चैत २०७६, मंगलबार  ११ : ३१ बजे