नोटहरुलाई संक्रमण रहित गरेर मात्र प्रयोगमा ल्याउन निर्देशन

0
Shares

सरकारले बैंक तथा वित्तीय संस्थाहरुलाई बैंकहरुको काउन्टरमा जम्मा हुन आउने र काउन्टबाट वितरण गरिने नोटहरुलाई संक्रमण रहित गरेर मात्र प्रयोगमा ल्याउने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

अर्थमन्त्री संयोजक रहेको उच्च स्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

साथै बैंक तथा वित्तीय संस्थाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्न अबलम्बन गरिने विभिन्न विद्युतीय उपकरणको प्रयोग गरी भुक्तानी गर्नुपर्ने दस्तुरमा छुट दिने वा त्यस्तो शुल्क न्यूनतम कायम गर्न समेत आग्रह गरेको छ।

बैठकले बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित ९ वटा निर्णय गरेको छ । बैठकले गरेका निर्णय कार्यन्वयन गर्नको लागि अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा समिति, सहकारी बिभाग, कम्पनी रजिस्ट्रार कार्यलय, बैंकर्स संघलाई प्रत्राचार गरेको छ ।

प्रकाशित मिति: १२ चैत २०७६, बुधबार  २० : ३८ बजे