कोरोनाबाट विश्वभरि ७ लाख ७ हजार संक्रमित, ३३ हजार ५२४ को मृत्यु

0
Shares

विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट आइतबार राती साढे ११ बजेसम्ममा ७ लाख ७ हजार ६८४ जना सङ्क्रमित भएका छन् भने यस रोगबाट ३३ हजार ५२४ को मृत्यु भएको छ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार अमेरिकामा सबैभन्दा धेरै १ लाख ३३ हजार बढी संक्रमणको सिकार भएका छन्। दोस्रो स्थानमा रहेको इटालीमा ९७ हजार ६८९ जना, र चीनमा ८१ हजार ४३९ जना संक्रमित भएका छन्।।

यसैगरि स्पेनमा ७८ हजार ७९९, जर्मनी ६० हजार ५६९, फ्रान्समा ४० हजार १७४,
इरान ३८ हजार ३०९, बेलायतमा १९ हजार ५२२, स्वीजरल्याण्ड १४ हजार ८२९ नेदरल्याण्डमा १० हजार ८६६ र बेल्जिियममा १० हजार ८३६ जनामा संक्रमण देखिएको छ।

अमेरिकामा पछिल्लो दिनमा मात्रै ९ हजार ५१६ नयाँ स्रक्रमित फेला परेका छन्। स्पेनमा ५ हजार ५६४, इटालीमा ५ हजार २१७, जर्मनीमा २ हजार ९६४, इरानमा २ हजार ९०१, फ्रान्समा २ हजार ५९९, बेलायतमा २ हजार ४३३, टर्कीमा १ हजार ८१५, बेल्जियममा १ हजार ७०२ र नेदरल्याण्डमा १ हजार १०४ जना नयाँ नयाँ संक्रमित थपिएका छन्। बाँकी दशेमा १ हजारभन्दा कम संख्यामा संक्रमित भेटिएका छन्।

सङ्क्रमित व्यक्तिहरुमा १ लाख ५० हजार ७३२ जना उपचारपछि घर फर्किएका छन् भने ५ लाख २३ हजार ४२८ व्यक्ति हाल उपचारारत छन् । जसमध्ये ५ प्रतिशत अर्थात २६ हजार ७०३ जनाको अवस्था चिज्ताजनक छ भने ९५ प्रतिशत अर्थात ४ ालख ९६ हजार ७२५ जनाको अवस्था मध्यम रहेको छ। कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म २०१ देशमा देखा परिसकेको छ।

चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ।

कोरोना भाइरस सङ्क्रमणबाट इटालीमा सबैभन्दा धेरै १० हजार ७७९ जनाको ज्यान गएको छ। यस्तै स्पेनमा ६ हजार ६०६ जनाले ज्यान गुमाएका छन् भने चीनमा ३ हजार ३०० जनाको मृत्यु भएको छ ।

इरान कोरोनाबाट मृत्यु हुने चौथौं ठूलो दशे बनेको छ। इरानमा यस रोगबाट २ हजार ६४०, फ्रान्समा २ हजार ६०६ जना, अमेरिकामा २ हजार ३६३ जनाको मृत्यु भैसकेको छ। यसैगरि बेलायतमा १ हजार २२८, नेदरल्याण्डमा ७७१ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।

आइतबार मात्रै २ हजार ६६७ ले ज्यान गुमाएको छन् हुन् भने इटालीमा पछिल्लो दिनमा मात्रै ७५६ जना, स्पेन ६२४, फ्रान्समा २२४, बेलायत २०९, अमेरिका १४२, नेदरल्याण्ड १३२, र इरानमा १२३ ले ज्यान गुमाएका छन्।

छिमेकी मुलुक भारतमा ३७ थप नयाँ सहित १ हजार २४ जनामा यो संक्रमण भेटिएको छ । जसमध्ये ३ जना नयाँ सहित २७ जनाको मृत्यु भएको छ भने ९५ जना निको भएर घर फर्किएका छन्। अझैपनि ९०२ जनामा यो रोग रहेको छ।

नेपालमा कोरोना भाइरस सङ्क्रमण हुनेको संख्या ५ पुगेको छ। ५ मध्ये १ जनालाई यो रोग निको भैसकेको छ भने २ जनामा अझै बाँकी छ। नेपालमा ९१७ जनामा परीक्षण गरिएकोमा ९११ जनामा नेगेटिभ फेला परेको हो। हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु भैसकेको नभएपनि यो रोगको फैलने शक्ति अत्याधिक रहेकाले बैलैमा सचेत हुन आवश्यक छ।

प्रकाशित मिति: १६ चैत २०७६, आइतबार  २३ : ५२ बजे