एनसीसी बैंकले मंगलबार यी ४१ वटा शाखाहरुबाट दिँदैछ बैंकिङ्ग सेवा

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले सरकारले गरेको लकडाउनको नवौं दिन चैत १९ गते मंगलबार ४१ शाखा कार्यालयल मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको छ।

बैंकको अनुसार सातवटै प्रदेशमा गरि बैंकको ४१ वटा शाखा तथा एक्सटेन्सन काउन्टरहरुबाट बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म सीमित बैकिङ्ग सुविधा हुनेछ। जसमा ग्राहकरुले ५० हजार रुपैयाँसम्म नगद कारोबार तथा विद्युतीय चेक क्लियरिङ्ग सेवा प्राप्त गर्न सक्नेछन्।
साथै बैंकले लकडाउनको समयमा ग्राहकहरुलाई घरमै बसि डिजिटल बैंकिङ्ग (मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा एटिएम) प्रयोग गरि कारोबार गर्न समेत आग्रह गरेको छ।

साथै यो विषम परिस्थितिमा यस बैंकको सम्पुर्ण एटिएम सेवा, मोबाइल बैकिङ्ग सेवा, ईन्टरनेट बैकिङ्ग सेवा, कनेक्ट आईपीएस सेवा सुचारु रहेको र सो सेवाहरु प्रयोग गर्दा कुनै शुल्क नलाग्ने जानकारी दिएको छ।

बैंकले बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टाकाउन्टर खुला गरि सेवा प्रदान गर्ने भएको हो। यसका लागि बैंकले खुला हुने शाखा र स्थान, सम्पर्क व्यक्ति र मोबाइल नम्बर उपलब्ध गराएको छ।

बैंकको बुधबार खुला रहने शाखा र सम्पर्क व्यक्ति यसप्रकार रहेको छ:-

प्रदेश १ का शाखाहरु :
विर्तामोड, इटहरी, फिदिम, मेन्छायम, मेरिङ्गदेन ।
(सम्पर्क ब्यक्ति : श्री राम नाथ गौतम, फोन नं : ९८५१०५३९१५)

प्रदेश २ का शाखाहरु :
मलंगवा, कलैया, निजगढ, वीरगञ्ज, लाहान, बरथवा, चन्द्रनिगाहपुर, करैयामाई ।
(सम्पर्क ब्यक्ति : श्री समिर आचार्य, फोन नं : ९८५२०२७३०५)

बाग्मती प्रदेशका शाखाहरु :
कुपण्डोल, नयाँबानेश्वर, सिपाघाट, बनेपा, चौतारा, बाहृबिसे, पनौती, पाँचखाल ।
(सम्पर्क ब्यक्ति : श्री शरद जी राज, फोन नं : ९८५११०१०४०)

मुख्य शाखा–बागबजार, ढुङ्गेधारा, चापागाँऊ दोबाटो ।
(सम्पर्क ब्यक्ति : श्री अर्जुन जंग सिलवाल, फोन नं : ९८५११०१०९०)

नारायणगढ, कावासोती, मन्थली, हुप्सेकोट शाखा तथा माडी एक्सटेन्सन काउण्टर ।
(सम्पर्क ब्यक्ति : श्रीमती सांग्रिला श्रेष्ठ, फोन नंः ९८५५०६१६३३)

गण्डकी प्रदेशका शाखाहरु :
न्यूरोड–पोखरा, ठाँटीपोखरी, ढोरफिर्दी, बाग्लुङ्ग, भरतपोखरी, दमौली, वालिङ्ग ।
(सम्पर्क ब्यक्ति : श्री सुमन आचार्य, फोन नं : ९८५१२३४२१८)

प्रदेश ५ का शाखाहरु :
बुटवल, अर्गली, सत्यवती, सुलिचौर, घोराही ।
(सम्पर्क ब्यक्ति : श्री मेघ नाथ पाण्डे, फोन नं : ९८५७०२८२६०)

कर्णाली प्रदेशका शाखाहरु :
प्रदेश सरकारको निर्णयानुसार चैते दशैंको अवसरमा सार्वजनिक विदा निर्णय भए बमोजिम यस प्रदेशका सम्पुर्ण शाखाहरु बन्द रहने ।

सुदूर–पश्चिम प्रदेशका शाखाहरु :
धनगढी ।
(सम्पर्क ब्यक्ति : श्रीमती संगिता शर्मा चटौत, फोन नं : ९८५८७५१९७०)