उद्योग परिसङ्घ वाग्मती प्रदेशद्वारा खाद्य सामग्री हस्तान्तरण

0
Shares

लकडाउनका कारण खाद्य सामग्री अभाव भएका परिवारलाई वितरण गर्न उद्योग परिसङ्घ वाग्मती प्रदेशले प्रदेश सरकारलाई १० हजार किलोग्राम खाद्य सामग्री उपलब्ध गराएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेललाई उद्योग परिसङ्घ वाग्मती प्रदेशका अध्यक्ष ऋषिराम घिमिरेले सामग्री हस्तान्तरण गरेका हुन्। सो अवसरमा मुख्यमन्त्री पौडेलले विपद्मा सबैको साथ सहयोग आवश्यक पर्ने भन्दै परिसङ्घलाई धन्यवाद दिए। उनले कोभिड नियन्त्रणका लागि सरकार गम्भीर भएको र कोरोनाको सामनाका लागि आवश्यक सबै तयारी सकिएको समेत जानकारी दिएका छन्।

परिसङ्घबाट प्राप्त दश हजार केजी खाद्य सामग्री प्रदेश सरकारले जिल्ला समन्वय समितिका प्रदेश संयोजकलाई हस्तान्तरण गरेको छ । आजै मुख्यमन्त्री डोरमणि पौडेलले जिल्ला समन्वय समिति वाग्मती प्रदेशका संयोजक रघुनाथ खुलाललाई सामग्री हस्तान्तरण गरेका हुन् ।

खाद्य सामग्री हस्तान्तरण गर्दै मुख्यमन्त्री पौडेलले प्रदेशका सबै जिल्लाका विपन्न र अति आवश्यक परेको ठाउँहरुमा मात्र खाद्य सामग्री वितरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरेका छन्।

प्रकाशित मिति: २३ चैत २०७६, आइतबार  २१ : २७ बजे