लकडाउन ३ वैशाखसम्म लम्ब्याउने मन्त्रिपरिषद्का निर्णय

0
Shares

मन्त्रिपरिषद्को सोमबारको बैठकले लकडाउन समय वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । चैत ११ गतेदेखि सुरु भएर आज चौधौ दिनमा कायम रहेको लकडाउनको अवधि थप एक हप्ताका लागि सरकारले लम्ब्याएको हो ।

यसअघि चैत ११ मा पहिलो हप्ता लकडाउन घोषणा गरिएकोमा १७ गते आएर सरकारले थप एक साता लकडाउन बढाएको थियो । १७ गते अवधि सकिने भएपछि सरकारले थप गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बाह्य क्षेत्रबाट कोरोना भाइरसको संक्रमण नहोस् भन्नाका लागि अन्तरराष्ट्रिय सीमानाका २०७७ साल वैशाख ३ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए।

सरकारले संक्रमण रोगसम्बन्धी ऐन, २०२० अनुसार यही चैत ११ देखि १८ गते राति १२ बजेसम्मका लागि लकडाउन जारी गरेको थियो । सरकारले नाकाहरु बन्द गरे पनि ढुवानीलाई भने कायमै राखेको छ । त्यसैगरी स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्न एक पटकका लागि रु एक हजार ५०० एकमुष्ट सहयोग गर्ने निर्णय गरिएको खतिवडाले जानकारी दिए।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा खतिवडाले अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने ,“निजी क्षेत्रका चिकित्सकहरुलाई सरकारी अस्पतालमा आएर सेवा दिन चाहेमा सरकारी सेवा सुविधा अनुसार नै मिलान गरेर काममा लगाउन सकिने व्यवस्था गरिने भएको छ । यदि निजी अस्पतालमै बसेरै कोरोनासम्बन्धी उपचारमा संलग्न हुने स्वास्थ्य स्वयंसेविकालाई पनि सरकारी सुविधा उपलब्ध गराउने निर्णय गरिएको छ ।”

प्रकाशित मिति: २४ चैत २०७६, सोमबार  १७ : ०८ बजे