चौध दिन क्वारेनटाइनमा बसेकाले पनि थप ७ दिन होम क्वारेनटाइनमा बस्नुपर्ने

0
Shares

विदेशबाट फर्किएर १४ दिन क्वारेनटाइनमा बसी नतिजा नेगेटिभ आएपनि त्यस्ता व्यक्तिले थप ७ दिन अनिवार्य होम क्वारेनटाइनमा बस्नुपर्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बाह्य क्षेत्रबाट कोरोना भाइरसको संक्रमण नहोस् भन्नाका लागि सो निर्णय गरेको हो।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सरकारले क्वारेनटाइनमा १४ दिन बसेका संक्रमणको सम्भावित भएका व्यक्ति ¥यापिड डाइनाष्टिक टेष्ट गरेर छाड्ने तर त्यसपछि पनि सात दिन अनिवार्य होम क्वारेनटाइनमा बस्नुपर्ने बाध्यकारी व्यवस्था गर्ने निर्णय गरेको जानकारी दिए। होम क्वारेनटाइनमा बसे नबसेका बारे स्थानीय तहले निगरानी गर्ने भएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा खतिवडाले अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने “यसका लागि मन्त्रिपरिषद्को बैठकले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा नरहनुभएका मन्त्रीहरुलाई कोरोना रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गर्ने थप जिम्मेवारी दिएको छ ।”

प्रकाशित मिति: २४ चैत २०७६, सोमबार  १९ : ४५ बजे