चार वाणिज्य बैंकले बुधबार यी स्थानबाट प्रवाह गर्दैछन् सेवा

0
Shares

कोरोना संक्रमणबाट लड्न सरकारले गरेको तीन साताव्यापी लकडाउनको साहौं दिन चैत २६ गते बुधबार निजी क्षेत्रको ग्लोबल आईएमई, एनआईसी एशिया, प्रभु र एनसीसी बैंकले आफ्ना विभिन्न शाखा कार्यालय मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको छन्।

बैंकहरुले बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा काउन्टर खुला गरि सेवा प्रदान गर्ने भएको हो। यसका लागि बैंकले खुला हुने शाखा र स्थान, सम्पर्क व्यक्ति र मोबाइल नम्बर उपलब्ध गराएको छ।
साथै बैंकहरुले लकडाउनको समयमा ग्राहकहरुलाई घरमै बसि डिजिटल बैंकिङ्ग (मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा एटिएम) प्रयोग गरि कारोबार गर्न समेत आग्रह गरेको छन्।

साथै यो विषम परिस्थितिमा एक बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा तथा कनेक्ट आईपीएस सेवाबाट रकम ट्रान्सफर गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ।

  • ग्लोबल आईएमई बैंकको खोल्दैछ यी ६० शाखा

  • एनआईसी एशियाको ५५ शाखा खुला रहने

  • प्रभु बैंकले ३२ शाखा मार्फत सेवा दिँदै

  • एनसीसी बैंकको यी ५५ शाखामार्फत हुँदैछ कारोबार