राष्ट्र बैंकले मुद्दती निक्षेपमा झण्डै ३६ करोड रुपैयाँ लगानी गर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको झण्डै ३६ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले २०७७ जेठ १ गतेदेखि २०७८ जेठ १ गतेसम्म ३ सय ६७ दिनको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले त्रैमासिक रुपमा व्याज भुक्तानी हुने गरी ३५ करोड ९७ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले ‘‘क’’ वर्गका वाणिज्य बैंकहरुमा २८ करोड ७९ लाख रुपैयाँ, ‘‘ख’’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा ५ करोड ३९ लाख रुपैयाँ, ‘‘ग’’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १ करोड ७९ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकले केन्द्रीय बैंकबाट इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले लगानीका लागि  प्रस्ताव गरिएको ब्याजदर खुलाई  वैशाख १२ गते दिउसो साढे १२ बजे सम्म नेपाल राष्ट्र बैंक वित्त व्यवस्थापन विभाग बालुवाटारमा शिलबन्दी दरभाउपत्र पेश गर्न सूचना प्रकाशित गरेको छ ।