ग्राहक र वित्तीय क्षेत्र दुबै बचाउन लागि परेका छौं : बैंकर अनिल शाह

0
Shares

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत तथा चर्चित सेलिब्रेटी बैंकर अनिल शाहले कोभिड १९ को संक्रमणपछि बैंकहरुले नेपाल राष्ट्र बैंकका गभर्नरले दिएको मूल मन्त्र वित्तीय क्षेत्र र ग्राहकहरु दुबैलाई बचाउने रणनीति अख्तियार गर्दै अगाडि बढिरहेको बताएका छन्।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानद्वारा आयोजित ‘कोभिड संक्रमणले महामारीपछि अर्थतन्त्रमा पार्ने पछिल्लो प्रभाव’ बारे भर्चुअल अन्तरक्रियामा आफ्नो धारणा राख्दै बैंकहरुले आफ्नो वित्तीय विवरणका नाफा, खराब कर्जा जस्ता सूचकहरुमा मात्र बचाउन नलागेको र ग्राहकहरु नबचे बैंकहरु पनि नबच्ने भएकाले कम्प्रिह्यान्सिभ प्लानका साथ अगाडि बढेको बताए।

उनले कोरोना संक्रमण आइसवर्गको संज्ञा दिँदै कत्रो हुन्छ भन्ने आंकलन गर्न नसकिएको भन्दै अहिलेको मुख्य ध्यान स्वास्थ्य बचाउनका लागि हुनुपर्ने बताए। १० प्रतिशतको स्वास्थ्य समस्या बिग्रिएको खण्डमा ९० प्रतिशतको अर्थतन्त्र स्वत तहसनहस हुने बताए।

बैंकरहरुले हाल बृहत रुपमा भन्दा सूक्ष्म तहमा गएर हरेक ग्राहकहरुको अवस्थालाई हेरेर हरियो, सुन्तला र रातो रङ्गमा गरि वर्गिकरण गरेको जानकारी दिए। रातो समूहमा जाने समूहमा सबै क्षेत्रको ध्यान जानुपर्ने र बैंकरहरुले इक्वालिटीको आधारमा नभई इक्वीटीयबल राहतमा अगाडि बढ्नुपर्ने धारणा उनको छ।

भुकम्पमा जस्तै बैंकहरुबाट निक्षेप झिकिने चिन्ता सुरुका दिनमा भएपनि नेपाली जनातको वित्तीय क्षेत्रप्रतिको विश्वासका कारण लकडाउन पछिका दिनमा निक्षेप बढिरहेको शाहले बताए। यो विश्वासलाई कायम राख्नुपर्ने भन्दै उनले कर्जा प्रवाह ठप्प हुँदा पनि निक्षेप बढ्न सहयोग पुगेको उनको भनाई थियो।

अर्थमन्त्री डा. युवाराज खतिवडाको नेतृत्वमा राष्ट्रिय योजना आयोग, उद्योग वाणिज्य संघ, चेम्बर, सिएनआई, बैंकर लगायका व्यक्तिहरु राखेर मूल आर्थिक समिति बनाउनुपर्ने र सो समितिले क्षेत्रगत रुपमा परेको प्रभावका आधारमा हरियो, सुन्तला र रातो रङ्गमा गरि वर्गिकरण गरि राहत ल्याउनुपर्नेमा जोड दिए।

यसो गर्न अहिलेको समय नै उपयुक्त भएको र कर्मचारी, सरकारm निजी क्षेत्रको प्रतिनिधित्व रहने समितिबाट अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजना बनाउनुपर्ने बताए। अर्थतन्त्रका दुई मूल खम्बाहरु पयटन र विप्रषण आप्रवाह दुबै हल्लिसकेकाले वैदेशिक रोगजारीबाट फर्किएकालाई समेत रोजगारी दिने उदेश्य सहित व्यवसायीमुखि कृषिका कार्यक्रमहरु ल्याएर सम्बोधन गर्नुपर्ने बताए।