सरकारले कोरोना ट्रेसिङ एप ‘कोभिड एनपी’ ल्याउने

0
Shares

सरकारले कोभिड १९ को महामारीलाई रोक्न र कोरोनाभाइरसको ट्रेसिङ्ग गर्न नयाँ एप ल्याउने भएको छ ।

सरकारले हालको विभिन्न कार्यहरुलाई एउटै एपमा समावेश गर्नेगरि एकिकृत एप ल्याउन लागेको अनलाइन छलफलमा प्रधानमन्त्रीका आइटी सल्लाहकार अश्गर अलीले जानकारी दिए । एप निमार्ण कार्य सकिसकेको र परिक्षणमा रहेको बताउदै उनले केहि दिनमै प्रधानमन्त्रीले यसको सार्वजनिक गर्ने बताए ।

‘कोभिड एनपी’ नाम रहेको एप प्ले स्टोरमा उपलब्ध भइसकेको जानकारी दिदै उनले भने, यो एपले ब्लूटूथ ट्राकिङ्ग मार्फत कोरोनाभाइरसको संभावित संक्रमितहरुलाई पत्ता लगाउन सहयोग गर्न सक्दछ ।

यसअघि गत चैत्र २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै कोरोनाभाइरसको संक्रमितहरुको पहिचान गर्न एउटा ट्रेसिङ्ग एप बनाउने बताएका थिए । अहिले सोहि अनुसार सो नयाँ एप तयार पारिएको हो ।

एपमा अनुमतिसहित लोकेसनको बारेमा समेत जानकारी दिने सुबिधा रहेको छ भने यसले तपाईँको फोन नम्बर हेर्नसक्ने सुविधा अर्थात अलाउ रिड फोन नम्बर भन्ने फीचर रहेको छ ।

कोभिड १९ ट्रेसिङ गर्ने सो सरकारी एपबाट अनलाइन सपिङ्ग समेत गर्नसकिने सुविधा छ । यो एपलाई संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगतको राष्ट्रिय सूचना प्रविधि केन्द्रले तयार पारेको हो । उक्त कार्यक्रममा नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लि अधिकारीले यस एपको लागि टेलिकमले डेटा प्रशोधन तथा ओटिपी जेनेरेट गर्ने काम भइसकेको बताए ।

यसैगरी प्रदेश ५ सरकारले पनि नेपाल ट्रेस नाम गरेको कन्ट्याक्कट ट्रेसिङ एप सार्वजनिक गरिसकेको छ । यो एपले ब्लुटुथ प्रविधिमा आधारित रहेर डेटा एनालाइसिस गर्दै रिपोर्ट दिनेछ ।