नबिल बैंकको डिबेञ्चर बाँडफाँड छिट्टै

0
Shares

नबिल बैंकले चैत २ गतेदेखि आइतबारदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको ८ लाख कित्ता ऋणपत्र बिक्री बन्द भैसकेको जनाएको छ। बैंकले लगानीकर्तालाई निष्काशित ऋणपत्र बाँडफाँड तथा सो पश्चातका सूचीकरण लगायतका अन्य कार्य पनि यथासक्य छिटो सम्पन्न गरिने जनाएको छ।

बैंकले एक हजार रुपैयाँ अंकित दरमा कूल २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको थियो। जसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरेर बाँकी ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको थियो।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था थियो।

सात वर्ष अवधिको उक्त बैंकले ऋणपत्रमा बार्षिक १० प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ । बैंकले निष्काशन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी एल डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ।