कोभिड–१९ सङ्क्रमितमध्ये २४.७३ प्रतिशत भारतीय निको भई घर फर्किए

0
Shares

कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमित ७ हजार ७४७ भारतीयहरू देशभरका विभिन्न अस्पतालमा उपचारपछि निको भई घर फर्किएका संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी गराएको छ।

मन्त्रालयका अनुसार निको भई घर फर्किने विरामीको दर २४.७३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। अघिल्लो दिन मंगलबार २३.३ प्रतिशत रहेको तथ्याङ्क उपलब्ध गराएकोमा बुधबार निको हुने विरामीको सङ्ख्यामा करिब एक प्रतिशत सुधार देखिएको छ, मन्त्रालयका सहसचिव लव अग्रवालले बताए ।

भारतमा विगत २४ घण्टामा थप १ हजार ८७३ जना सङ्क्रमित भई कूल सङ्क्रमितको सङ्ख्या ३१ हजार ३३२ पुगेको र १ हजार ८ जना व्यक्तिको सङ्क्रमणका कारण ज्यान गएको छ । विगत २४ घण्टामा भारतमा मृत्यु हुनेको सङ्ख्या ६९ रहेको छ ।

महाराष्ट्रमा सबैभन्दा धेरै ९ हजार ३१८ जनामा संक्रमण देखा पर्दा १ हजार ३८८ जनालाई निको भएको छ भने ४०० जनाको मृत्यु भएको छ। यसैगरि गुजरातमा ३ हजार ७४४, नयाँ दिल्ली ३ हजार ३१४ जना, मध्यप्रदेश २ हजार ३८७, राजस्थान २ हजार ३६४, लमिल नाडुमा २ हजार ५८ जना र उत्तर प्रदेशमा २ हजार ५३ जना कोरोबाट संक्रमित भएका छन्।

गुजरात दोस्रो धेरै कोरोनाबाट मृत्यु हुने प्रान्त बनेको छ। यहाँ १८१ जनाले ज्यान गुमाएका छन् भने मध्य प्रदेशमा पनि १२० जनाको मृत्यु भएको छ। भारतका ३२ प्रान्तमध्ये ११ राज्यमा र्मत्युदर शुन्य रहेको छ।

प्रकाशित मिति: १७ वैशाख २०७७, बुधबार  १२ : ०२ बजे