सिटिजन्स म्युचुअल फण्डका दुबै फण्डको लगानी चैतमा घट्यो

0
Shares

सीबिआईएल क्यापिटलको व्यवस्थापन तथा सिटिजन्स म्युचुअल फण्डद्धारा सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ दुबैको लगानी अवस्था चैतमा घट्दा त्यसको प्रत्यक्ष प्रभाव वित्तीय विवरणमा परेको छ।

फागुन र चैतको एकसाथ वित्तीय विवरण प्रकाशनमा ल्याएको दुबै फण्डको फागुनको तुलनामा खुद सम्पत्ति, प्रतिइकाई खुद सम्पत्ति मूल्य, लगानी, र आय पनि फागुनको तुलनामा चैतमा घटेको छ।

यसअघि १५ फण्डले चैतको वित्तीय विवरण प्रकाशनमा ल्याइसकेका छन्। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको कारण चैतमा ६ कारोर दिनमा भएका शेयर बजारको उतारचढाव र फण्डको मासिक खर्चका आधारमा वित्तीय विवरण प्रभावित छ। हेरौं कुन फण्डको कस्तो छ वित्तीय अवस्था

  • चैतमा कूल लगानी

चैत महिनाको वित्तीय विवरण सार्वजनिक गरेका सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ दुबैको लगानी फागुनको तुलनामा चैतमा २ करोड बढीले घटेको छ।

वित्तीय विवरण अनुसार सिटिजन्स म्युचुअल फण्ड १ को फागुनको तुलनामा चैतमा २ करोड ३७ लाखले घटेर ५६ करोड ६२ लाख र सिटिजन्स म्युचुअल फण्ड २ को लगानी २ करोड २२ लाख घटेर३८ करोड ८५ लाख रुपैयाँमा सीाित बनेको हो।

यसमा सूचीकृत कम्पनीमा गरिएको लगानी तथा सूचीकृत नभएका शेयरहरु बोनस, हकप्रद र डिबेञ्चरको लगानी,समेत समावेश रहेको छ।

  • खुद सम्पत्ति मूल्य

चैत महिनामा दुबै फण्डको खुद सम्पत्ति मूल्य घटेको छ। सूचीकृत कम्पनीको शेयरमूल्य धितोपत्रको दोस्रो बजारमा घट्दा त्यसको प्रभाव फण्डको खुद सम्पत्तिमा देखिएको हो।

चैतमा सिटिजन्स म्युचुअल फण्ड १ को सम्पत्ति २ करोड ५८ लाख रुपैयाँले घट्दा ९१ करोड ८ लाख र सिटिजन्स म्युचुअल फण्ड २ को २ करोड ५६ लाख रुपैयाँले सम्पत्ति घटेर ५८ करोड १७ लाख रुपैयाँमा झरेको हो।

  • प्रतिइकाई खुद सम्पत्ति मूल्य (एनएभि)

फण्डको खुद सम्पत्तिमा आएको गिरावटसँगै चैत महिनामा दुबै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (एनएभि) घटेको छ।

फागुन मसान्तमा १०.८५ रुपैयाँ रहेको सिटिजन्स म्युचुअल फण्ड २ को एनएभि ४६ पैसाले घटेर १०.३९ झरेको छ। त्यसैगरि सिटिजन्स म्युचुअल फण्ड १ को पनि ३१ पैसा घटेर ११.११ रुपैयाँमा झरेको छ। चैतमा दुबै फण्डको एनएभि अंकित मूल्य अर्थात १० रुपैयाँ भन्दा धेरै छ।

  • दुबै फण्डको नाफा संकुचित

सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ दुबैको नाफा घटेको छ। सिटिजन्स म्युचुअल फण्ड १ ले चैतको नाफा घाटा प्रकाशन गरेको छैन भने सिटिजन्स म्युचुअल फण्ड २ को भने चैतको नाफा नोक्सानी प्रकाशन गरेको छ।

फागुनको तुलनामा सिटिजन्स म्युचुअल फण्ड २ को आम्दानी २ करोड ५६ लाख रुपैयाँले घटेको छ। फागुन मसान्तमा ५ करोड ११ लाख नाफामा रहेको यस फण्ड चैत मसान्तमा २ करोड ५४ लाख रुपैयाँ नाफामा छ।

माघको तुलनामा यस सिटिजन्स म्युचुअल फण्ड १ को नाफा फागुन मसान्तमा १ करोड २५ लाख बढेर ५ करोड ६५ लाख पुगेको छ।

 

प्रकाशित मिति: १८ वैशाख २०७७, बिहीबार  १० : २९ बजे