वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्धारा दुई पसललाई कारवाही

0
Shares

गुणस्तरहीन खाद्य पदार्थको उत्पादन तथा बिक्री वितरण गरेको भन्दै काष्ठमण्डप खाद्य स्टोरलाई आज कारवाही गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा टेकुस्थित स्टोरलाई कारवाहीस्वरुप रु तीन लाख जरिवाना गरिएको जनाइएको छ ।

गत सोमबार विभागले टंगालमा रहेको भाटभटेनी सुपरमार्केटलाई मिठाइमा बढी मूल्य लिएको भन्दै कारवाही गरेको थियो। आफ्नो गल्तीका कारण भाटभटेनीलाई कारवाही गरेको भन्दै उक्त स्टोर्सले क्षमायाचना समेत गरेको थियो।

सार्वजनिक रुपमा नै गल्ती स्वीकार गरेको र गुणस्तरहीन खाद्य पदार्थको उत्पादन र बिक्री वितरण गरेवापत जरिवाना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए।

उनका अनुसार आज नै कोटेश्वरस्थित बिपी स्टोर्सले बढी मूल्यमा खाद्य सामग्री बिक्री गरेको पाइएपछि दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम सो जरिवाना गरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति: १८ वैशाख २०७७, बिहीबार  १८ : ५१ बजे