बाँकेमा संक्रमित भेटिएसंँगै बर्दियामा कडाइ

0
Shares

छिमेकी जिल्ला बाँकेको नेपालगञ्जमा कोरोना भाइरस संक्रमित पुष्टि भएसँंगै बाँके र बर्दिया जोड्ने सीमामा कडाइ गरिएको छ ।

दुइ जिल्लाका सीमा नाकामा मानखोलामा यसअघि सामान्य सुरक्षा जाँच मात्र गरिँदै आएकामा आजदेखि सवारी साधनसमेत भित्रन नदिने गरी कडा पारिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र जिल्लाका सुरक्षा निकायका प्रमुखको टोलीले संयुक्तरुपमा अनुगमन गरेर आजदेखि नै बाँकेबाट बर्दिया भित्रने सम्पूर्ण सवारी साधनमा रोक लगाइएको सशस्त्र प्रहरी उपरीक्षक यादव विश्वकर्माले बताए।

बन्दाबन्दीका समयमा बाँकेबाट आवश्यक औषधि, खाद्यान्न, फलफूल र तरकारी बर्दिया भित्रिरहेको थियो ।

प्रकाशित मिति: २० वैशाख २०७७, शनिबार  २० : ४५ बजे