पोर्चुगलको फारोमा एक नेपालीको निधन

0
Shares

पोर्चुगलको फारोमा एक नेपालीको शुक्रबार उपचारका क्रममा निधन भएको छ।

धादिङ घर भएका ४८ वर्षीय प्रेम तामाङ पाँच वर्षदेखि पोर्चुगलमा बस्दै आएका थिए। उनले पोर्तुगाली एक कम्पनीमा काम गर्दै आएका थिए ।
लडेर आगोमा परेका उनलाई उपचारका लागि फारो अस्पतालमा पु¥याइएको थियो।

उनको मगजमा रगत जमेर निधन भएको अस्पतालले जनाएको छ। घटनाको जानकारी पाएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए), क्षेत्रीय समन्वय परिषद् अल्गार्भका अध्यक्ष अनिल शर्मा अस्पताल पुगेका थिए। मृतककी एक छोरी पोर्तुगलमा रहेकी छिन्।

प्रकाशित मिति: २० वैशाख २०७७, शनिबार  २० : ४९ बजे