राष्ट्र उत्थान लघुवित्तको चैतको नाफा पुसको भन्दा कम

0
Shares

राष्ट्र उत्थान लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९६ लाख ५५ हजार रुपैयाँ खुद नाफा आजन गरेको छ। लघुवित्तले दोस्रो त्रैमाससम्ममा एक करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

लकडाउनका कारण आम्दानी घटेर खर्च बढ्दा लघुवित्तको खुद नाफा दोस्रो त्रैमासको भन्दा थप २२ लाख रुपैयाँले घटेको हो।

यस अवधिमा लघुवित्तले ६१ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन र ५८ करोड ८३ लाख सापटीबाट एक अर्ब ३० करोड ५ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ।

चैत मसान्तसम्म् लघुवित्तले १३ करोड ४२ लाख ब्याज आम्दानी र ६ करोड ६६ लाख रुपैयाँ ब्याज खर्च गरी ६ करोड ७५ लाख २० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.४२ प्रतिशत रहेको छ।

२०७५ फागुन ८ गतेबाट वित्तीय कारोबारको सुरुवात गरेको लघुवित्तको चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ८ करोड १५ लाख रुपैयाँ सञ्चित छ।