ज्योति लाइफ इन्स्योरेन्सको सीईओमा प्रकाश खत्री

0
Shares

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रकाश विक्रम खत्री नियुक्त भएका छन् । उनी बैशाख २१ गते देखि लागु हुने गरी चार वर्षका लागि सीईओमा नियुक्त भएका हुन् ।

यसअघि सञ्चालक समितिको बैठकको निर्णय अनुसार खत्रीलाई सीईओ चयन गर्न सिफारिस गरि बीमा समिति पठाइएकोमा समितिबाट गत वैशाख १७ गते स्वीकृती पत्र प्राप्त भएको थियो।

खत्री ज्योति लाइफ इन्स्योरेन्सको कार्यकारी उपप्रमुख पदमा कार्यरत थिए ।

राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय बैकिङ, बीमा र लक्ष्मी, एनआईसी एसिया बैंकमा कार्य गरेको अनुभव रहेका खत्रीले बेलायतको बार्कलेज बैंकबाट पेशागत यात्रा शुरु गरेका थिए ।

नव नियुक्त प्रमुख कार्यकारी अधिकृतले कम्पनीलाई केहि वर्ष भित्रमा नेपालीहरुको पहिलो रोजाइको जीवन बीमा कम्पनी बनाउने आशा व्यक्त गरेका छन्।