व्यवसाय विस्तार गर्दा पनि माछापुच्छ्रे बैंकको नाफामा गिरावट

0
Shares

माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले चालु आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमासमा १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

बैंकको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ५.९६ प्रतिशत कम हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब २४ करोड रुपैयाँ खुद नाफा गरेको थियो।

बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा १८ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ। बैंकले नियामकिय व्यवस्थाका लागि ७१ करोड रुपैयाँ छुट्याएको हुँदा वितरण योग्य मुनाफा कम भएको हो ।

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब ७८ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म १ अर्ब ७० करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा बैंकले ९९ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। जसबाट ३ अर्ब ३ करोड खुद ब्याज आम्दानी गरेको छ। बैंकले एकवर्षमा १४ अर्ब ६६ करोड रुपैयाँले निक्षेप बढाएको छ ।

८ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडामा २ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।

बैंकको रिजर्भको आकार ५०.७९ प्रतिशतले बढेर २ अर्ब ७९ करोड रुपैयाँको उचाइमा पुगेको हो। बैंकको खराब कर्जाको अनुपात ०.४५ प्रतिशत, पूँजीकोष अनुपात १२.८० प्रतिशत, आधारदर ९.९७ प्रतिशत तथा सीडी रेसियो भने ७७.६५ प्रतिशत छ।