आँधिखोला लघुवित्त (AKBSL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५.२२ प्रतिशतले खुद नाफा बढाएको छ। समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा भने उच्च बढेको छ।
चैतसम्म लघुवित्तले १ करोड १७ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गरेको हो। गत आवको यसै अवधिमा कम्पनीले १ करोड ११ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको आँधिखोलाको प्रतिशेयर आम्दानी १७.७३ रुपैयाँ र पतिशेयर नेटवर्थ १३१ रुपेयाँ ८८ पैसा रहेको छ ।
लघुवित्त खराब कर्जा अनुपात भने १.८५ प्रतिशतबाट बढेर ४.४४ प्रतिशत पुगेको छ। खराब कर्जा बढेपछि नोक्सानी व्यवस्था रकम ७६ लाखबाट १ करोड २ लाख छुट्टाएको छ।
चैत मसान्तसम्म आइपुदा लघुवित्तले २७ करोड ९० लाख निक्षप संकलन र बैंक तथा वित्तीय संस्थाबाट ३४ करोड २८ लाख रुपैयाँ सापटीबाट ७० करोड ९३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।
यसबाट खुद ब्याज आम्दानी २ करोड ७० लाख २७ हजार रुपैयाँबाट बढेर ४ करोड ३० लाख ८४ हजार रुपैयाँ रहेको छ । यसैगरि सञ्चालन नाफा पनि १ करोड ४१ लाख २० हजारबाट बढेर १ करोड ८६ लाख ९८ हजार रुपैयाँ आर्जन गरेको छ।
बाग्लुङ जिल्लामा केन्द्रीय कार्यालय रहेको धौलागिरी लघुवित्त र स्याङजा जिल्ला केन्द्रीय कार्यालय रहेको आँधिखोला गत पुस २ गते एक आपसमा मर्जरमा जाने सम्झौता पश्चात आँधिखोला लघुवित्तको दोस्रो बजारमा शेयर कारोबार रोक्का छ । धौलागिरीले अहिलेसम्म आइपीओ नै जारी गरेको छैन ।
प्रतिक्रिया