नेपालमा हालसम्म कोरोना संक्रमित भई कूल ४९ जनाले कोरोना जितेर निको भई घर फर्किएका छन्। जसमध्ये बिहीबार मात्रै थप ४ जना अस्पतालबाट डिस्चार्ज भएकाहुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौंको टेकु अस्पतालमा उपचाररत रहेका ४ जना बिहीबार अस्पतालमाबाट डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेहरुमा २३ वर्षिया महिला, ३७ वर्षिया महिला, २५ वर्षिया महिला र २७ वर्षिया पुरुषहरु रहेका छन्। उनीहरु नवौं दिनमा डिस्चार्ज भएका हुन्।
नेपालमा बिहीबार ९ जनामा कोरोना पुष्टि भएको छ। यो सहित कूल ४५३ जनामा संक्रमण पुष्टि भएको छ भने ४९ जना उपचारपछि निको भएका छन्। ३ जनाको मृत्यु भएको छ भने ४०१ जना विभिन्न अस्पतालहरुमा उपचाररत रहेका छन्। संक्रमण भएकामध्ये ३८३ जना पुरुष र ७० जना महिला रहेका छन्।
प्रतिक्रिया