नेपालमा थप ९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरुमा रुपन्देहीका १ जना र झापाका ८ जना पुरुष छन् ।
झापाको कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, रुपन्देहीका २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।
उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ४५३ पुगेको छ ।
हालसम्म ४९ जना उपचारपछि निको भएका छन् । संक्रमण देखिएका मध्ये ३ जनाको निधन भएको छ।
प्रतिक्रिया