चार वाणिज्य बैंक सहित २६ संस्थाबीच मर्जर प्राप्ती सम्झौता, १२ को इजाजत खारेज

0
Shares

राष्ट्र बैंकले लिएको वित्तीय क्षेत्र सुदृढीकरण गर्ने नीतिगत व्यवस्था अनुरुप चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा ४ वाणिज्य बैंक सहित २६ संस्था एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने प्रक्रियामा संलग्न भएका छन्।

केन्द्रीय बैंकका अनुसार २६ संस्था एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने प्रक्रियामा संलग्न भएकोमा १२ संस्थाको इजाजत खारेज भएको भएको छ भने बाँकी प्रकृयामा रहेका छन्।

संख्यात्मक भन्दा गुणात्मक विकासलाई ध्यान दिँदै केन्द्रीय बैंकले चालु आर्थिक वर्षमा पनि बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने प्रक्रियालाई निरन्तरता दिइएको जनाएको छ ।