नबिल बैंक (NABIL) ले कर्णाली प्रदेश सरकारलाई कोरोना भाइरस परिक्षणका लागि एक थान पीसीआर मेसिनका लागि वित्तीय सहयोग प्रदान गरेको छ।
बैंकले प्रदेश अस्पताल, विरेन्द्रनगर सुर्खेतमा एक थान पीसीआर मेसिनका निम्ति संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत २८ लाख २५ हजार आर्थिक सहयोग गरेको हो।
सो आधुनिक एवं उच्च क्षमताको मेसिनबाट नमुना छिटो र उच्च परिमाणमा परिक्षण गर्न सहयोग भै पहिचान, उपचार तथा कोरोना संक्रमण रोकथाममा प्रभावकारी सहयोग हुने बैंकले जनाएको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन एवं सोको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पु¥याउने उद्देश्यलेउक्त सहयोग गरिएको नबिल बैंकले जनाएको छ ।
FACEBOOK मा हामीलाई यहाँबाट पछ्याउनु होस् । TWITTER मा पनि नोटबजारको अपडेट नियमित रुपमा पाउन फलो गर्नुहोस् ।
प्रतिक्रिया