नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा थप एक जनाको मृत्यु भएको जानकारी गराइएको हो।
पञ्चपुरी नगरपालिका–१ सुर्खेतका २० वर्षीय युवकको मृत्यु भएको हो। प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशाला वीरेन्द्रनगरमा मृतकको स्वाबको पिसीआर परीक्षण गरिएको हो ।
बुधबार साढे चार बजे आरडिटी जाँच गर्दा नतिजा नेगेटिभ आएपछि होम क्वारेन्टिन बस्ने शर्तमा पठाइएको थियो । सोही राति साढे १२ बजे घर पुगेका ती युवा नजिकैको मौरीपालन स्रोत केन्द्रको भवनमा बसेका थिए ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ हजार ९१२ पुगको छ। पछिल्लो २४ घण्टामा ४३ जना डिस्चार्ज भएका छन्। योसँगै ३३३ जना कोरोनालई जितेर घर फर्केका छन्।
प्रतिक्रिया