नेपाल धितोपत्र बोर्डको २८ औं वार्षिकोत्सव वेविनार मार्फत सुरु भएको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका बीच भिडीयो कन्फ्रेन्समार्फत आइतबार २८ औं वार्षिकोत्सव मनाउन लागेको हो।
अर्थमन्त्री डा. युवराज खतिवडाकाको प्रमुख आतिथ्यतामा मनाउन लागिएको हो। बोर्डले जुम प्रविधिमार्फत गर्न लागेको भिडीयो कन्फ्रेन्स अन्तरक्रिया सुन्न सक्नेगरी अन्य सहभागीहरुलाई पनि जोड्ने तयारी गरिएको बोर्डले जनाएको छ । कार्यक्रमको सामाजिक सञ्जाल फेसबुकमार्फत पनि प्रत्यक्ष प्रसारण हुने त्यसबाट समेत कार्यक्रम हेर्न सकिनेछ।
सुरुमा कार्यक्रममा बोर्डका अध्यक्ष ढुङ्गानाले बोर्डको प्रगति विवरण सहितको मन्तव्य राख्नेछन् । त्यसपछि प्रमुख अतिथि अर्थ र सञ्चार तथन सूचना प्रविधिमन्त्री खतिवडाले शुभकामना मन्तव्य राख्ने कार्यक्रम छ ।
सो पश्चात नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, बीमा समिति अध्यक्ष चिरञ्जीवी चापागाई, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद, नेपाल मर्चेण्ट बैंकर एशोसिएशनका अध्यक्ष ध्रुव तिमिल्सिना र स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाटले आ–आफ्ना मन्तव्य राख्ने कार्यक्रम छ ।
साथै बोर्डको तर्फबाट अध्यक्ष भिष्मराज ढुङ्गाना, कार्यकारी निर्देशकद्वय परिष्टनाथ पौडेल र निरज गिरीको प्रतिनिधित्व रहेको छ ।
धितोपत्र बोर्डले लगानीकर्ताका कुनैपनि संघलाई संलग्न नगराएपश्चात लगानीकर्ताहरु बोर्डप्रति रुष्ट बनेका छन्। उक्त वार्षिकोत्सव समारोहमा बोर्डले सीडीएस एण्ड क्लियिरिङ लिमिटेड, नेपाल क्लियरिङ हाउसका प्रतिनिधिलाई पनि समेटेको छैन।
प्रतिक्रिया