भेञ्चर क्यापिटल तथा प्राइभेट इक्विटी सञ्चालनको प्रकृया अगाडि बढ्यो

0
Shares

नेपाल धितोपत्र बोर्डले भेञ्चर क्यापिटल तथा प्राइभेट इक्विटी सञ्चालनको प्रकृया अगाडि बढाएको छ।

बोर्ड स्थापनाको २८ औं वार्षिकोत्सव कार्यक्रममा बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले लगानीकर्ताहरुको लगानी अवसर बढाउन वस्तु विनिमय बजार संचालनका लागि अनुमति दिने र भेञ्चर क्यापिटल तथा प्राइभेट इक्विटी सञ्चालन अनुमति दिने प्रकृया अगाडि बढाइएको जानकारी दिए।।

साथै उनले बोर्डले आगामी आा.व.मा धितोपत्र तथा वस्तु विनिमय बजारलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको बनाउँदै लैजाने बताए । सूचना प्रविधिको प्रयोग बढाई बजार तथा नियमन कार्यलाई प्रभावकारी बनाउने, संस्थागत क्षमता अभिवृद्धि गर्ने, कानुनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने, बजार सुपरिवेक्षण व्यवस्थामा सुधार गर्नुका साथै दोस्रो बजारको संरचनात्मक सुधार लगायतका कार्यहरुलाई प्राथमिकता दिई कार्य गरिनेको उनको भनाई छ।

बोर्डबाट यस आ.व. मा धितोपत्र सम्बन्धी नियमावलीहरुमा संशोधन गरी समसामयिक बनाइएको, सूचना प्रविधि नीति लागू गरिएको, नयाँ उपकरणको रुपमा खुलामुखी सामूहिक लगानी योजना ल्याउनुका साथै लगानीकर्ता साक्षरता अभिवृद्धि सम्बन्धी कार्यहरु सञ्चालन गरिएको जानकारी दिए ।

उनले नेपाल सरकारले गरेको लकडाउन तथा कारोनाको थप संत्रास र अललाइन कारोवार प्रणालीमा सम्लग्न लगानीकर्ताको संख्या न्यून रेहका कारणबाट हाल धितोपत्र बजार बन्द रहेकोमा बोर्ड नेप्से, सिडिएससि, धितोपत्र व्यवसायी र लगानीकर्ताहरुसँग के कसरी सहजरुपमा कारोबार संचालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेको बताए।