दुई वाणिज्य बैंक सहित ४ कम्पनीको ३ अर्ब २८ करोडको बोनस सूचीकृत

0
Shares

सरकारले हाल जारी लकडाउनलाई चरणवद्ध रुपमा खुकुलो बनाउँदै लाने योजना अघि सारेपछि शेयर कारोबार समेत खुलाउने तयारी गरिएको छ ।

धितोपत्र बोर्डको २८ औं बार्षिकउत्सवमा अर्थमन्त्री डा. युवराज खतिवडाले आवश्यक तयारी गरेर बजार खोल्न निर्देशन दिएका थिए भने बोर्डका अध्यक्ष भिष्मराज ढुङानाले पनि बजार खोल्ने बिषयमा सरोकारवालाहरुसँगै छलफल गरिदै आएको बताएका छन् ।

शेयर बजार खुलाउने प्रयासमा धितोपत्र बोर्ड

सरकारले गत चैच ११ गते घोषणा गरेको लकडाउन जेठ ३२ सम्म कायम रहनेछ ।आज बस्ने मन्त्रिपरिषदको बैठकले लकडाउन सहजीकरण प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको आजको बैठकमा बताएका थिए ।

अर्को साताबाट शेयर कारोबार खुल्ने आँकलनमा सूचीकृत कम्पनीहरुको शेयर सूचीकृत गराउने क्रम सुरु भएको छ । आज मात्रै पुनर्बीमा कम्पनीको दश करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।

पुनर्बीमा कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ कारोबार ?

यता दुई वाणिज्य बैंक सहित चार कम्पनीले गत आर्थिक वर्षमा वितरण गरेको बोनश शेयर नेप्सेमा सूचीकृत गराएका छन् । चार कम्पनीले ३ अर्ब २७ करोड ९७ लाख ९७ हजार बराबरको बोनस शेयर नेप्सेमा सूचिकृत गराएका हुन् ।

नेप्सेका अनुसार एनएमबि बैंक र एसबिआई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको बोनश शेयर नेप्सेमा सूचीकृत गराएका हुन । यस्तै बुटवल पावर कम्पनी र जानकी फाइनान्सले पनि गतवर्षको बोनश नेप्सेमा कारोबारका लागि सूचीकृत गराएका छन् ।

एनएमबि बैंकको ५० लाख ६९ हजार ५५० कित्ता बोनस, एनएमबि बैंकको २ करोड ४३ लाख १२ हजार ४५७ कित्ता बोनस, बुटवल पावरको २४ लाख ३३ हजार २६४ कित्ता बोनश तथा जानकी फाइनान्सको १० लाख ८२ हजार ७०८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।  उक्त शेयर लगानीकर्ताको डिम्याट खातामा आएपछि नेप्सेमा किनबेच गर्न पाउनेछन्।