लकडाउन पश्चात ४ दिनमा सुन ११ हजार ६०० रुपैयाँले बढ्यो, चाँदीमा २१५ रुपैयाँ

0
Shares

चैत १० गतेपश्चात निर्धारण भई रोकिएको सुनको भाउ जेठ २५ गते आइतबारपछि पछिल्लो चार दिनमा ११ हजार ६०० रुपैयाँ र चाँदीमा २१५ रुपैयाँले वृद्धि भएको छ।

जेठ २८ गते बुधबारका लागि छापावाला सुन ८८ हजार ६०० रुपैयाँ र तेजाबी सुनको भाउ ८८ हजार १६० रुपैयाँ र चाँदीको भाउ प्रतितोला ९३५ रुपैयाँ तोकेको छ।

यसअघि २०७६ चैत १० गते छापावाला सुन प्रतितोला ७७ हजार, तेजावी सुन ७६ हजार ७०० र चाँदी ७२० रुपैयाँमा कारोबार भएको थियो। यसबीचमा सुन प्रतितोला ११ हजार ६०० र चाँदीमा २१५ रुपैयाँले बढोत्तरी भएको छ।

लकडाउनपछि महासंघले जेठ २५ गते आइतबारदेखि सुनचाँदीको भाउ निर्धारण गर्न थालेको हो। यसबीचमा आइतबार सुन १० हजार ४००, सोमबार १००, मंगलबार २०० र बुधबार प्रतोतोला ९०० रुपैयाँले बढेको छ। चाँदीमा भने आइतबार २०५ रुपैयाँ, सोमबार ५ रुपैयाँ, मंगलबार स्थिर र बुधबार ५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले गरेको भाउ यस्तो छ:-

जेठ २५ गते आइतबार

छापावाल सुन: प्रतितोला ८७ हजार ४०० रुपैयाँ

तेजावी सुन: प्रतितोला ८६ हजार ९६० रुपैयाँ

चाँदी: प्रतितोला ९२५ रुपैयाँ

वृद्धि: सुनमा प्रतितोला १० हजार ४०० रुपैयाँ र चाँदी २०५ रुपैयाँ

जेठ २६ गते सोमबार

छापावाल सुन: प्रतितोला ८७ हजार ५०० रुपैयाँ

तेजावी सुन: प्रतितोला ८७ हजार ६५ रुपैयाँ

चाँदी: प्रतितोला ९३० रुपैयाँ

वृद्धि: सुनमा प्रतितोला १०० र चाँदी ५ रुपैयाँ

जेठ २७ गते मंगलबार

छापावाल सुन: प्रतितोला ८७ हजार ७०० रुपैयाँ

तेजावी सुन: प्रतितोला ८७ हजार २६५ रुपैयाँ

चाँदी: प्रतितोला ९३० रुपैयाँ

वृद्धि: सुनमा प्रतितोला २०० र चाँदी स्थिर

जेठ २८ गते बुधबार

छापावाल सुन: प्रतितोला ८८ हजार ६०० रुपैयाँ

तेजावी सुन: प्रतितोला ८८ हजार १६० रुपैयाँ

चाँदी: प्रतितोला ९३५ रुपैयाँ

वृद्धि: सुनमा प्रतितोला ९०० र चाँदी ५ रुपैयाँ

लकडाउन अवधिभर निर्धारण नभएको सुनचाँदीको भाउ लकडाउन पश्चात पहिलो दिन जेठ २५ गते आइतबार देखि दैनिक नयाँ मूल्य निर्धारण गर्न थालिएको हो।

प्रकाशित मिति: २८ जेठ २०७७, बुधबार  २१ : ५५ बजे