जेठ २९ गते बिहीबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ। लगातार पाँच दिनदेखि सुनको मूल्य वृद्धी हुँदै आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारको लागि छापावाला सुनको भाउ प्रतितोला ८९ हजार ६०० रुपैयाँ तोकेको हो।
यसैगरि संघले तेजाबी सुनको भाउ प्रतितोला ८९ हजार १६५ रुपैयाँ र चाँदी प्रतितोला ९५० रुपैयाँ निर्धारण गरेको छ। बिहीबार चाँदीको भाउ तोलमै १५ रुपैयाँले बढेको हो।
हिजो बुधबार छापावाला सुन प्रतितोला ८८ हजार ६०० रुपैयाँ, तेजाबी सुन ८८ हजार १६० रुपैयाँ र चाँदी प्रतितोला ९३५ रुपैयाँमा कारोबार भएको थियो।
लकडाउनको ७५ दिनपछि गत आइतबारबाट सुनचाँदी व्यवसाय आंशिक रुपमा सञ्चालन हुन थालेका छन् । सुनचाँदी पसल आंशिक रुपमा सञ्चालन शुरु भएदेखि नै सुनचाँदीको मूल्य लगातार बढीरहेको हो।
प्रतिक्रिया