शेयरबजार खुलाउने मोडालिटी आज फाइनल हुने, छलफलमा सरोकारवाला

0
Shares

सरकारले लकडाउन केहि खुकुलो बनाएसँगै शेयर कारोबार पुन सुचारु गर्ने प्रयासमा सरोकारवालाहरु जुटेका छन् । आज धितोपत्र बोर्डमा हुने सरोकारवालाबीचको छलफलले बजार खुलाउने मोडालिटी फाइनल गर्ने बताइएको छ ।

नेपाल धितोपत्र बोर्डले आज नेपाल स्टक एक्सचेन्ज, सिडिएससि, मर्चेन्ट बैंकर, शेयर दलाल व्यवसायी तथा लगानीकर्ताहरुलाई बजार खुलाउने मोडालिटीका बिषयमा छलफलका लागि बोलाएको छ। सरोकारवालाहरुसँगको छलफल पछि बजार कहिले र कसरी खुलाउने बारेमा निर्णय गरिने बोर्ड स्रोतले जनाएको छ ।

शेयर बजार खोल्ने मोडालिटी बारे छलफलमा जुटे धितोपत्र बोर्ड र नेप्से

लकडाउन पूर्ण रुपमा खुला भईनसकेको अवस्थामा शेयर बजार कसरी संचालन गर्ने बिषयमा आइतबारको छलफल केन्द्रित हुने छलफलमा सहभागी हुन लागेका एक लगानीकर्ताले बताए ।

यसअघि धितोपत्र बोर्डले लकडाउनको बीचमै गत वैशाख अन्तिममा बजार सञ्चालनका विद्यमान व्यवस्थाहरुमा केहि परिमार्जन गर्दे नयाँ मोडालिटीमा बजार सञ्चालन गराएको थियो । अब पुरानै व्यवस्था अनुसार बजार संचालन गर्ने वा नयाँ व्यवस्था गर्ने बारेमा पनि छलफल हुने बताइएको छ ।

शेयर कारोबार कहिले देखि खुल्छ ? लकडाउनमा भएको कारोबार रद्द नहुने

नेप्से र ब्रोकर कम्पनीहरु भने पुरानै मोडालीटीबाट बजार संचालन गनुपर्नेमा देखिएका छन् भने लगानीकर्ताहरुले केहि राहात र सुहलियतका कार्यक्रम सहित बजार खुलाउनेपर्ने बताउँछन्। धितोपत्र बोर्ड पनि लकडाउनको बीचमा भएको कारोबार मोडालिटी बदल्ने सोचमा रहेको बुझिएको छ।

धितोपत्र बजारमा हुन सक्ने चलखेल तथा अस्वभाविक उतार चढावलाई व्यवस्थित गर्ने गरी बजारलाइ सुचारु गराउने तयारीमा बोर्ड लागेको बोर्डका एक अधिकारीले बताए ।

‘माननीय झाँक्री ज्यू’ को कारण बन्धक बन्यो शेयर बजार

प्रकाशित मिति: ३२ जेठ २०७७, आइतबार  ०९ : ०४ बजे