सुनचाँदीको बजारभाउ स्थिर, आइतबार कति छ मूल्य ?

0
Shares

नेपाली बजारमा जेठ ३२ गते आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । लकडाउन पश्चात जेठ २५ गतेदेखि निर्धारण हुन थालेको सुनको मूल्य लगातार पाँच दिनदेखि बढेपछि छैटौं दिन शुक्रबार आएर स्थिर बनेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार पनि शुक्रबारकै भाउमा सुनचाँदी कारोबार हुने जानकारी दियो।

संघले शुक्रबार छपावाल सुनको मूल्य प्रतितोला ८९ हजार ६०० र तेजाबी सुनको मूल्य ८९ हजार १६५ तथा चाँदीको मूल्य प्रतितोला ९३५ रुपैयाँ तोकेको थियो। आइतबार पनि यहि दरभाउमा कारोबार हुनेछ।

शुक्रबार सुनको भाउ स्थिर रहेकपनि चाँदीको भाउमा भने १५ रुपैयाँले गिरावट आएको थियो ।

लकडाउन यता सुनको भाउ तोलामा १२ हजार ६०० रुपैयाँले बढीसकेको छ।चाँदीको भाउ पनि तोलामा २३० रुपैयाँले बढेर ९५० रुपैयाँ पुगेकोमा अहिले १५ रुपैयाँ घटेर ९३५ मा कारोबार भैरहेको छ।

प्रकाशित मिति: ३२ जेठ २०७७, आइतबार  १० : ५९ बजे