शेयर कारोबार यो साता पनि नखुल्ने, नेप्सेले निकाल्यो यस्तो सूचना

0
Shares

नेपाल स्टक एक्सचेन्जले यो साता पनि शेयर कारोबार खुला नगर्ने भएको छ । नेप्से संचालक समितिको बैठकले असार ४ गते सम्म शेयर कारोबार स्थगित नै राख्ने निर्णय गरेको छ ।

कोभिड संक्रमणको नियन्त्रण तथा रोकथामका लागि चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि बन्द रहेको शेयर कारोबार बीचमा दुई दिन संचालनमा आएपनि  निरन्तर बन्द रहेको छ । यसअघि नेप्सेले जेठ ३२ गतेसम्म बजार बन्द गर्ने निर्णय गरेको थियो।

नेप्से संचालक समितिको आज बसेको बैठकले धितोपत्र सूचीकरण तथा नियमावली , २०७५ को नियम २१ को उपनियम १ अनुसार अषाढ १ देखि ४ गते सम्म शेयर कारोबार स्थगन हुने जनाएको छ।

असार ५ गते शुक्रबार पर्ने भएपति अब शेयर कारोबार असार ७ गते आइतबारबाट मात्र संचालनमा आउने भएको छ ।

आज धितोपत्र बोर्डमा भएको सरोकारवालसँगको छलफल पछि धितोपत्र बोर्डले बजारमा केही सुधारका काम गर्नुपर्ने भएकाले आगामी हप्ताबाट मात्र बजार संचालन गर्न सकिने निष्कर्ष निकालिएको थियो।

सहज शेयर कारोबारका लागि कारोबार प्रणालीमा केहि सुधार गर्न बोर्डले निर्देशन दिएपछि नेप्सेले यो साता बजार नखुलाउने भएको हो।