पोखरा फाइनान्सको नयाँ ब्याजदर सार्वजनिक

0
Shares

पोखरा फाइनान्स (PFL) ले आजदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। फाइनान्सले सार्वजनिक गरेका ९ प्रकारका खातामा ५ प्रतिशत, अन्य ७ प्रकारका खातामा ५.५० प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ।

फाइनान्सले न्यूनतम मौज्दात ५० हजार रहेको सुनौलो बचत खातमा भने अधिकतम ६ प्रतिशत ब्याजदर दिने जनाएको छ। यस्तै कल खातामा अधिकतम ५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ।

यसैगरि मुद्दती बचततर्फ व्यक्तिगततर्फ ९.२५ देखि ९.७५ प्रतिशतसम्म र संस्थागततर्फ ८.२५ प्रतिशतदेखि ८.७५ प्रतिशतसम्म ब्याज दिने भएको छ। बचत अवधि अनुसार ब्याजदर फरक फरक रहेको छ।

फाइनान्सले कर्जातर्फ आधार ब्याजदरमा अधिकतम ६ प्रतिशतसम्म प्रिमियम थप गरि ऋण प्रवाह गरिने जनाएको छ। चैत मसान्तको आधार ब्याजदर ११.२९ प्रतिशत रहेको छ।