आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड (AKBSL) ले असार २२ गते सोमबार गत आर्थिक वर्षको साधारण सभा आह्वान गरेको छ।
लघुवित्त संस्थाको जेठ ३१ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले होटेल गाउँबेशी वालिङ ८, वालिङ स्याङ्जामा बिहान साढे ११ बजे बोलाइएको छ।
साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, आव २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, तथा अगामी आवका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण लगायतका एजेण्डाहरु उपर छmपल गरि पारित गर्नेछ।
प्रबन्धपत्र तथा नियमावलीमा प्रस्तावित संसोधन सम्बन्धमा नियामक निकायबाट थपघट, परिमार्जन, वा संसोधनको निर्देशन भएमा सोही अनुसार गर्न सञ्चालन सकितिलाई अख्तियारी दिने एजेण्डा रहेको कम्पनी सचिव डोलराज केसीले जानकारी दिए।
साधारण सभाका लागि लघुवित्तले असार ८ गते सोमबार शेयर दाखिला खारेजी मिति तोकेको छ। यसअनुसार असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । यद्यपी कम्पनी मर्जरका कारण गत पुसदेखि नै शेयर कारोबार भने रद्ध रहेको छ।
आँधिखोला लघुवित्त र धौलागिरी लघुवित्तबीच गत पुस २ गते बुधबार एक आपसमा गाभ्ने/गाभिने सम्झौता गरेका थिए।
प्रतिक्रिया