प्राइम लाइफले २५ करोडको बोनस प्रस्ताव पारित गर्ने

0
Shares

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी (PLIC) ले आर्थिक वर्ष २०७४/७५ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई २५ करोड ९ लाख ९२ हजार ४२२ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने भएको छ।

उक्त चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस र बोनसको कर प्रयोजनका लागि १ करोड २३ लाख ३४ हजार ४४१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्न कम्पनीले असार २९ गते सोमबारबाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ।

अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा दिनको २ बजे आह्वान गरिएको साधारण सभाका लागि असार १९ गते शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ। यसअनुसार बुकक्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएकोले असार १८ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त प्र्रस्तावित लाभांश पाउनेछन्।

यस्तै साधारण सभाबाट प्रबन्धपत्र तथा नियमावली संसोधन गरि चुक्ता पूँजी वृद्धि गर्ने, र नियामक निकायबाट प्राप्त हुने निर्देशन अनुसार प्रबन्धपत्र तथा नियमावलीमा थप आवश्यक संसोधन तथा परिमार्जनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ।

साधारण सभाले आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान सहितको लेखापरीक्षण सहितको वित्तीय विवरण स्वीकृत गर्नेछ।

हाल २ अर्ब ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको १२.५ प्रतिशत बोनस वितरणपश्चात २ अर्ब २५ करोड रुपैयाँ पूँजी पुग्नेछ।