सुन प्रतितोला ४०० रुपैयाँ बढ्यो, तोलाकै ९१ हजार

0
Shares

नेपाली बजारमा सुन अहिलेसम्मकै महङ्गो भएको छ । असार ८ गते सोमबार पनि पहेँलो धातु सुनको मूल्य तोलामा नै ४०० रुपैयाँ बढेर एक तोलाकै ९१ हजार पुगेको छ। यस्तै चाँदीको भाउमा पनि क्रमश: वृद्धि हुँदै आइरहेको छ।

सुनचाँदीको मूल्य दिनदिनै उकालो लाग्दै आएको छ। चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेको छ।

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण लगानीकर्ताको आकर्षण सुनमा बढ्दा यस धातु सर्वसाधारणको पहुँचभन्दा बाहिर पुगेको छ। सरकारले बजेट मार्फत थप भन्सार बढाउँदा समेत सुनको मूल्य वृद्धिमा सहयोग पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५६५ रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ९५० रुपैयाँ निर्धारण गरिएको छ ।

हिजो आइतबार छापावाल सुन प्रतितोला ९० हजार ६०० रुपैयाँ, तेजाबी सुन मूल्य प्रतितोला ९० हजार १६० रुपैयाँ र चाँदी प्रतितोला ९४० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: ८ असार २०७७, सोमबार  ११ : ३६ बजे