शेयर लगानीकर्ताका लागि आचारसहिंता आवश्यक – राम कुमारी झाक्री

0
Shares

संसदको अर्थ समितिले शेयर लगानीकर्ताका संघ संस्थाका लागि आचारसहिंता लागू गनुपर्ने अवस्था आएको बताएको छ ।

धितोपत्र बजार तथा नियमन सम्बन्धमा अध्ययनका लागि धितोपत्र बोर्डका अधिकारीसँग सोमबार छलफलका लागि पुगेको समितिले सो धारणा राखेको हो।

उक्त कार्यक्रममा पूँजी बजार अध्ययन उपसमितिको संयोजक रहेकी सांसद राम कुमारी झाक्रीले दोस्रो बजारमा हुने सूचना सम्प्रेषण र लगानीकर्ताका संघ संस्थाको गतिविधिका बारेमा चासो राख्दै आवश्यक परे आचारसहिंता लागू गर्नपर्ने बताईन्।

साथै उनले लगानीकर्ताका संघ संस्थालाई मात्र नभई आर्थिक पत्रकारलाई समेत नियमन निकायसंग समन्वय गर्दै आचारसहिंता लागू गर्नपर्नेमा जोड दिईन ।

झाक्रीले नेपालको पूँुजी बजारलाई भरपर्दो र विश्वसनीय बनाउन बोर्डको संस्थागत एवं नियमन क्षमता सुदृढ गरी बोर्डलाई सबल र शसक्त नियमन निकायको रुपमा विकास गर्न प्रयास गर्नुपर्ने धारणा राखीन् ।

प्रकाशित मिति: ८ असार २०७७, सोमबार  २२ : ११ बजे