तिनाउ मिसन डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन

0
Shares

तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड (TMDBL) को बिहीबार शेयरमूल्य समायोजन भएको छ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको १२ प्रतिशत बोनसको बुकक्लोजसँगै मूल्य समायोजन गरि नयाँ मूल्य निर्धारण गरिएको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बैंकको बोनस समायोजन पश्चात प्रतिकित्ता शेयरमूल्य १६१ रुपैयाँ निर्धारण गरेको छ। अब यहि मूल्यलाई आधार मानेर बैंकको पहिलो कारोबार खुल्नेछ।

बैंकको अन्तिम पटक प्रतिकित्ता १८० रुपैयाँमा शेयर कारोबार भएको थियो।

प्रस्तावित बोनस पारित गर्न बैंकले यही असार २५ गते १३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ।

साधारण सभामा बोनस वितरणपछि कायम हुने चुक्ता पूँजीको ३ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव उपर पनि छलफल गरि पारित गर्नेछ।