सानिमा क्यापिटलले असार १३ गते शनिबार पनि कार्यालय खुला गरेर सेवा दिने भएको छ।
एनआईसी एशिया लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सम्हालिरहेको सानिमा क्यापिटलले सार्वजनिक निष्काशनमा लगानी गर्न इच्छुक सर्वसाधारणहरुको सहजीकरणका लागि शनिबार बिहान १० बजेदेखि दिनको १ बजेसम्म कार्यालय खुला गरिने जनाएको छ।
यस अवधिमा लगानीकर्ताले हितग्राही खाता खोल्ने, मेरो शेयरको नवीकरण गर्ने लगायतका सेवा प्रदान हुने क्यापिटलले जनाएको छ।
प्रतिक्रिया