सुनको मूल्य असार १२ गते शुक्रबार ५०० रुपैयाँले घटेको छ भने चाँदीको प्रतितोला ५ रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १६० रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९४० रुपैयाँ तोकेको छ।
हिजो बिहीबार र बुधबार छापावाल सुन प्रतितोला ९१ हजार १०० रुपैयाँ, तेजाबी सुन प्रतितोला ९० हजार ६६५ रुपैयामा कारोबार भएको थियो। चाँदी भने बिहीबार ९३५ रुपैयाँ र बुधबार ९४५ रुपैयाँमा कारोबार भएको थियो।
विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण लगानीकर्ताको आकर्षण सुनमा बढ्दा पहेँलो धातुमा लगानीकर्ताको आकर्षण बढ्दा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपालमा पनि सुनको भाउ बढेको थियो।
कोरोनाका कारण विश्वभरका व्यवसायीहरुले सञ्चालन गरिहेका व्यवसायहरु सञ्चालन हुन नसकेर बन्द छ। कोरोनाका कारण विश्वका व्यवसायीहरु नयाँ क्षेत्रमा लगानी गर्न उत्साहित छैनन्। यसले लगानी सुनतिर गएको छ।
त्यस्तै कोरोना भाइरस संक्रमण पश्चात अमेरिकी फेडरल बैंकले रिपोको ब्याजदर घटाएको छ। विश्वका शेयर बजार पनि घटेकाले लगानीकर्ता आकर्षित हुन सकेका छैनन्। यसैगरि अन्तर्राष्ट्रिय क्षेत्रमा अझै पनि कतिपय देशहरुमा उद्योग कलकारखानाहरु बन्द अवस्था नै रहेका कारण पनि सुनको भाउ उच्च हुन पुगेको हो।
उच्च माग र न्यून आपूर्तिका कारण पनि सुन महङ्गो भैरहेको छ। सरकारले बजेट मार्फत सुनमा प्रतितोला २ हजार ३०० रुपैयाँ भन्सार वृद्धि भएको छ। बढेको भन्सार शुल्कले पनि नेपालमा मूल्य वृद्धिमा असर पुगेको हो। बजेट पश्चात अहिले एक तोला सुन किन्नेले १० हजार रुपैयाँ राजश्व सरकारलाई तिर्नुपर्छ।
प्रतिक्रिया