शेयर बजार खुलाउन सरोकारवालाहरु पुन: छलफलमा, कहिलेबाट खुल्छ ?

0
Shares

नेपाल धितोपत्र बोर्डले करिब ३ महिना देखि बन्द रहेको शेयर बजार खुलाउने बिषयमा अध्ययन गर्न गठित समितिले आज सरोकारवालसँग छलफल गर्दैछ ।

सरोकारवालाहरुसँगको छलफल पश्चात अध्ययन समितिले बजार के कसरी र कहिलेबाट खुलाउने भन्ने बारेमा अध्ययन प्रतिवेदन दिनेछ । उक्त अध्ययन समितिको प्रतिवेदनका आधारमा बोर्डले बजार संचालन गराउन नेप्सेलाई निर्देशन दिने बताइएको छ ।

अहिले धितोपत्र बोर्डमा बजार खुलाउन अध्ययन गर्न गठित समितिमा प्रतिनिधित्व गर्ने बोर्ड, नेप्से, सिडिएस, ब्रोकर, मर्चेन्ट बैंकर र शेयर लगानीकर्ताहरुको छलफल जारी रहेको छ ।

बजार खुलाउनका लागि शेयर लगानीकर्ताहरुले यसअघि धितोपत्र बोर्डमा बुझाएका मागहरु सम्बोधन गर्दै जाने र बजार खुलेपछि यदि बजार घटेमा लगानीकर्ताले आन्दोलन नगर्ने शर्तसहित बजार खुलाउने पहल गर्न लागिएको बोर्ड स्रोतले जनाएको छ ।

कोरोना भाइरसको महामारी सुरु भएसँगै सरकारले संक्रमण नियन्त्रण गर्नका लागि चैत ११ गते देखि लकडाउन गरे पछि धितोपत्र बजार बन्द गरियो । वैशाखको अन्तिम दुई दिन बजार खोलेपनि नकारात्मक सर्किट लागेपछि बजार बन्द गरिएको थियो।