सुनको मूल्यले फेरि कीर्तिमानी रेकर्ड कायम गरेको छ। असार १४ गते आइतबार सुनको भाउ नेपाली बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८६० रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९४५ रुपैयाँ तोकेको छ।
आइतबार सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि भएको हो।
शुक्रबारका छापावाल सुन प्रतितोला ९० हजार ६०० रुपैयाँ, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १६० रुपैयाँ, र चाँदी प्रतितोला ९४० रुपैयाँमा कारोबार भएको थियो।
यसअघि असार १० र ११ गते सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँसम्म पुगर घटेको थियो। नेपाली बजारमा चाँदी असार ८ गते सर्वाधिक मूल्य अर्थात प्रतितोला ९५० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया