नेपाल पुनर्बीमा कम्पनीको साधारण शेयर (आईपीओ) को आजदेखि नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा कारोबार सुरु हुँदैछ।
कम्पनीको दोस्रो बजारमा कारोबारका लागि प्रतिशेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ कायम भएको १० करोड कित्ता शेयर धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम जेठ २६ गतेको निर्णय अनुसार सूचीकरण गरेको थियो ।
शेयर सूचीकरण पछि नेप्सेले पहिलो कारोबारका लागि प्रति शेयर १४१ रुपियाँ ४५ पैसादेखि ४२४ रुपियाँ ३५ पैसा ‘ओपन रेञ्ज’ निर्धारण गरेको छ। यहि मूल्यलाई आधार मानेर कारोबार खुल्नेछ।
कम्पनीले गत चैत ४ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ६० लाख कित्ता आइपीओ जारी गरेर चैत २६ गते बुधबार बाँडफाँड गरेको थियो। जसमध्ये ७३ हजार ५ सय कित्ता शेयर कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सर्वसाधरणलाई बिक्री गरिएको थियो।
लकडाउन कै बिचमा बाँडफाँड गरिएको शेयर २७ हजार ७ सय ४८ जनाले १० कित्ता, १५ हजार ५ सय ९० जनाले २० कित्ता, १२ हजार ७ सय २३ जनाले ३० कित्ता र २० हजार ९ सय २९ जनाले ४० कित्ता पाएका थिए।
५० देखि १० हजार कित्तासम्मको लागि आवेदन दिने ३ लाख १३ हजार ६ सय ४८ जनाले पनि ४० कित्ता शेयर पाएका थिए। सोहीमध्येबाट गोलाप्रथा मार्फत ७७ हजार २ सय ४५ जनाले थप १० कित्ता शेयर पाएका थिए । ७७ हजार २ सय ४५ जनाले अधिकतम ५० कित्ता शेयर पाएकोमा पुनर्बीमा कम्पनीको शेयर पाउने कुल शेयरधनीको संख्या ३ लाख ९० हजार ६३८ छ ।
कम्पनीको प्रधान कार्यालय थापाथलीमा रहेको र आइपीओ सूचीकरण पछि दिनुपर्ने आरटीएस सम्बन्धी सेवा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड टेकुबाट हुनेछ ।
प्रतिक्रिया